शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘हनी बनी’ मा सारासँग अनमोलको रोमान्स

मङ्गलबार, १० फागुन २०७८, १२ : ५६
मङ्गलबार, १० फागुन २०७८

अभिनेत्री सारा सिर्पालीले अभिनेता अनमोल केसीसँग रोमान्स गर्ने भएकी छन् । फिल्म ‘हनी बनी’मा यी दुई कलाकारले रोमान्स गर्नेछन् । फिल्म अभिनयका लागि निर्देशक दीवाकर भट्टराईले सारासँग लिखित सम्झौता सोमबार गरे । फिल्मको चरित्रमा फिट हुने भएकै कारण सारालाई फिल्ममा भित्र्याएको भट्टराईले बताए ।
फिल्मका लागि यस अगाडि अभिनेता अनमोल केसी र सलोन बस्नेत छानिएका थिए । निर्माण युनिटले अहिले फिल्मको मुख्य अभिनेत्रीको रुपमा सारालाई अनुबन्धित गरेको हो ।

चैतबाट छायांकन सुरु हुने फिल्म पुरुषोत्तम प्रधानले खिच्नेछन् । ७ करोड लागत अनुमान गरिएको फिल्ममा युकेमा छायांकन हुनेछ । फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी राना निर्माता र अंकित गौतम कार्यकारी निर्मातामा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप