२०२२ मा रिलिज हुने यी हुन् बलिउडका ठूला बजेटका ६ फिल्म

बलिउडमा २०२२ मा कयौँ ठुला फिल्म बक्सिसमा रिलिज हुने तरखरमा रहेका छन् । ती फिल्मको बजेट ३०० करोड भन्दा माथि छन् । तीमध्ये ६ फिल्म यस्ता छन् ।
पोन्नियिन सेलवन
मणि रत्नमको निर्देशन रहेको फिल्म ‘पोन्नियिन सेलवन’ ठुलो बजेटमा निर्माण भएको फिल्म हो । फिल्मको बजेट ५०० करोड बताइएको छ । लायका प्रोडक्सन र मद्रास टाकिजको निर्माण रहेको फिल्ममा विक्रम, एश्वर्या राय बच्चन, कार्थी, जयम रवि, तृषा, जयराम, शोभिता धुलिपल लगायतको अभिनय छ । फिल्म १९५५को कल्कि कुष्णमुर्तिको उपन्यास ‘पोन्नियिन सेलवन’ आधारित रहेर बनेको हो ।
आदिपुरुष
आदिपुरुष रामायणमा आधारित फिल्म हो । ५०० करोड बजेटमा निर्मित फिल्म टी सीरीज र रेट्रोफाइल्स प्रोडक्सनले बनाएको हो । फिल्म ३ डि प्रबिधिमा निर्माण भएको हो । फिल्मको निर्देशन ओम राउतले गरेका हुन् । फिल्ममा प्रभास, सैफअली खान र कृति सेनन मुख्य भुमिकामा छन् । फिल्मको भिएफएक्सका लागि हलिउड टेक्नोलोजी प्रयोग भएको छ । ‘आदिपुरुष’ हिन्दी र तेलगुको साथमा तमिल, मलयालम र कन्नडमा पनि डबिङ हुनेछ ।
आरआरआर
आरआरआर पनि २०२२ को प्रतिक्षित फिल्म हो । फिल्ममा जुनियर एनटिआर र राम चरणको मुख्य भुमिका छ । फिल्ममा अजय देवगन र आलिया भट्ट समेतको अभिनय छ । ४०० करोडमा बनेको यो फिल्म २५ मार्चमा रिलिज हुँदैछ ।
राधे श्याम
३५० करोडमा बनेको फिल्म ‘राधे श्याम’ राधाकृष्ण कुमारले निर्देशन गरेका हुन् । प्रभास र पूजा हेगडेको मुख्य भुमिका रहेको फिल्ममा राज विश्वकर्मा र रिद्धी कुमारको अभिनय छ । १९७० को युरोपमा आधारित यो फिल्मको कथा रोमान्टिक थिममा छ । फिल्म हिन्दी, तमिल, तेलूगू र मलयालम भाषामा रिलिज हुनेछ । फिल्मको रिलिज मिति ११ मार्च २०२२ बताइएको छ ।
पृथ्वीराज
यसराज फिल्मको ब्यानरमा बनेको यो ‘पृथ्वीराज’ चन्द्रप्रकाश द्धिवेदीको निर्देशन रहेको छ । पृथ्वीराज चौहानको जीवनमा आधारित यो फिल्मको बजेट ३०० करोड रहेको छ । फिल्ममा पृथ्वीराज चौहानको भुमिका अक्षयकुमारले निर्वाह गरेका छन् । फिल्ममा मानुषी छिल्लरको समेत अभिनय छ । १० जुनमा रिलिज हुने यो फिल्ममा संजय दत्त, सोनु् सुद, आशुतोष राणालगायतको मुख्य अभिनय छ ।
ब्रहस्त्र
अयान मुखर्जीको फिल्म ‘ब्रहस्त्र’ ३०० करोड बजेटमा बनेको हो । फिल्ममा आलिया भट्ट, रणवीर कपुर, अमिताभ बच्चनलगायतको अभिनय देख्न सकिन्छ । ११ सेब्टेम्बरमा रिलिज हुने फिल्म प्राचिन ज्ञान, उर्जा र शक्तिमा आधारित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ
-
कांग्रेस भारत र पाकिस्तानबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा : प्रवक्ता महत
-
न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्नुपर्छ : प्रदेश प्रमुख भट्ट
-
भारत-पाकिस्तान तनाव : दुवै पक्षको आ-आफ्नो दाबी
-
पहिलो उपाधिको खोजीमा चेल्सी र रियल बेटिस
-
फिल्म ‘महाराजाधिराज’ मा वर्षाको इन्ट्री