प्रदेश १ नामकरण बहस : सर्वदलीय बैठकमा ठूला पार्टीको ठोस प्रस्ताव नजाने
![प्रदेश १ नामकरण बहस : सर्वदलीय बैठकमा ठूला पार्टीको ठोस प्रस्ताव नजाने](https://rpcdn.ratopati.com/media/albums/CM_Rajendra_Kumar_Rai_5m7auLzuHr.jpg)
प्रदेश १ को नामकरणका लागि सरकारले आजदेखि औपचारिक छलफल सुरु गर्दैछ । तर, प्रमुख दलहरुले आजको बैठकमा कुनै ठोस प्रस्ताव नलैजाने भएका छन् । जनता समाजवादी पार्टी र संघीय लिम्बूवान मञ्चले आफ्नो प्रस्ताव ठोस गरेको भए पनि ठूला दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टीभित्र औपचारिक छलफल नै सुरु गरेका छैनन् ।
नेकपा माओवादी प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले आजको बैठकमा सरकारको तर्फबाट कस्तो प्रस्ताव आउँछ त्यही आधारमा पार्टीमा छलफल सुरु गरिने बताए । ‘पहिले त सरकारले प्रस्ताव ल्याएपछि हामीले त्यसबारे धारणा बनाउने हो,’ मिक्सोले भने, ‘हाम्रो पार्टीको स्पष्ट अडान भनेको पहिचानको आधारमा नामकरण हुनुपर्छ भन्ने हो ।’
यता, नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेश सरकारका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेले आजको बैठकमा पार्टीको तर्फबाट कुनै प्रस्ताव नजाने बताए । ‘आजको बैठकमा छलफलको प्रारम्भ हुन्छ, हाम्रोतर्फबाट पार्टीमा छलफल गरेर मात्रै ठोस धारणा आउँछ,’ उनले भने ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आफ्नो दलको तर्फबाट पनि प्रस्ताव नजाने बताए । ‘सरकारले कस्तो प्रस्ताव ल्याउँछ त्यही अनुसार हामीले पार्टीभित्रमा छलफल गरेर धारणा सार्वजनिक गर्नेछौं,’ उनले भने ।
नेपाली काँग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले नामकरणबारे छलफल सुरु मात्रै भएकाले अहिले नै ठोस प्रस्ताव नजाने बताए । ‘आज त छलफल सुरु भएको छ, अहिले नै कुनै प्रस्ताव जाँदैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र, गणतन्त्र र संघीयताबारे पाठ्यक्रममा राखेर पढाउनु पर्छ : श्रेष्ठ
-
रियलमी सी ६३ को नयाँ भेरिएन्ट : १ मिनेट चार्जमा १ घण्टा कल
-
शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
राखेप कर्मचारी संघमा ५ सदस्य मनोनीत
-
दुर्गा प्रसाईंका तर्फबाट पुन: बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता
-
मेरा कृति आफ्नै लयमा बाँच्नेछन्