बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाले आफ्ना दूतावासका कर्मचारीलाई युक्रेनबाट बाहिर निकाल्यो

मङ्गलबार, १० फागुन २०७८, १२ : ०३
मङ्गलबार, १० फागुन २०७८

युक्रेन र रुसबीच गहिरिँदो संकटलाई मध्यनजर गर्र्दै अष्ट्रेलियाले युक्रेनमा आफ्नो दूतावासका अधिकारी तथा कर्मचारीलाई त्यहाँबाट निकाल्ने निर्णय गरेको छ ।

केही कर्मचारी र अधिकारीलाई रोमानिया र पोल्याण्ड पठाइएको छ ।

विदेशमन्त्री मेरिस पायनले बयान जारी गरेर यसबारे जानकारी दिएका हुन् ।

युक्रेनमा अष्ट्रेलियाली दुतावास र त्यहाँको कामकारवाही हाल ठप्प छ ।

युक्रेन छोड्ने कोसिस गरिरहेका अष्ट्रेलियाली जनताको मद्दतका लागि कर्मचारीलाई रोमानिया पठाइएको छ ।

यस्तै, अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले सुरक्षा कारणलाई दृष्टिगत गर्दै युक्रेनमा बाँकी रहेका कुटनीतिज्ञलाई पोल्याण्डको लुव्यो जान भनिएको छ ।

उनले पुष्टि गर्दै यी कुटनीतिज्ञ राती पोल्याण्डमा बिताउने बताएका छन् ।

एन्टनी ब्लिङ्कनले उनीहरु बाहिरिनु स्थायी नभएको बताएका छन् । उनका अनुसार उनीहरु युक्रेनमा आफ्नो कामलाई जारी राख्नका लागि र आपतकालीन कन्सुलर सेवाका लागि नियमित रुपमा फर्किरहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप