शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५ गते, नामकरणको प्रस्ताव आउला ?

मङ्गलबार, १० फागुन २०७८, १२ : ००
मङ्गलबार, १० फागुन २०७८

प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सो दिन दिउँसो १ बजे बैठक बस्ने बताए ।  बैठकमा नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ । 

सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो । अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ ।

 गएको मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप