आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई बीएण्डबी हस्पिटलले उपचारमा छुट दिने

मङ्गलबार, १० फागुन २०७८, ११ : २९
मङ्गलबार, १० फागुन २०७८

नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूलाई बीएण्डबी हस्पिटलले उपचार क्रममा विशेष छुट दिने भएको छ । उपचार गर्दा लाग्ने शुल्कमा विषेश छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको नेपाल बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालका विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र बैंकको डेविट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्यूआर कोर्डमार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको हो । 

सम्झौतापत्रमा बीएण्डबीहस्पिटलका तर्फबाट प्रा.डा. अशोककुमार बाँस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बीएण्डबी हस्पिटलसँग सहकार्य गर्न पाएकोमा आभार प्रकट गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप