बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्याद गुज्रेको बिस्कुट बेचेको आरोपमा ललितपुरको ‘स्पर्श फुड’मा सिल

मङ्गलबार, १० फागुन २०७८, ०९ : १६
मङ्गलबार, १० फागुन २०७८

बजारबाट फिर्ता भएका कुकिज र पाउरोटीबाट पुनः कुकिज टोष्ट तथा बिस्कुट उत्पादन गरेको आरोपमा प्रहरीले ललितपुरको ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ्ग’मा सिल गरेको छ । ललितपुरको सुनाकोठीमा सिन्धुपाल्चोक घर भएका ४४ वर्षीय नर बहादुर श्रेष्ठले संचलन गरेको कारखाना सिल गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण प्रसाद कोइरालाले रातोपाटीलाई बताए ।

ललितपुर महानगरपालिका–२७ मा अखाद्य विस्कुट उत्पादन गर्ने श्रेष्ठलाई माघ ६ मा अपराध महाशाखाले ६५ सय लिटर नक्कली मह सहित पक्राउ गरेको थियो । प्रहरीले काठमाडौं महानगरपालिका–२७ स्थित ज्याठमा उनले संचालन गरेको मह कारखानामा छापा मारेको थियो । ‘स्पर्स’ ब्राण्ड लेखेर महको बट्टामा टाँसेको तर, सो ब्राण्ड सरकारी निकायमा दर्ता गरेको भेटिएको छैन् । चिनि र मैदा लगायतका कच्चा पदार्थलाई पकाएर उनले मह उत्पादन गर्थे ।

२०७१ देखी सुनाकोठी स्थित ओखरबोटमा उनले ‘स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ’ संचालन गर्दै आएका थिए । सो कम्पनीमा पाउरोटी र कुकिज उत्पादन गरेर बजार पठाउने र बजारमा विक्री नभएर फिर्ता नभएका सामानलाई धुलो बनाएर पुनः कुकिज टोष्ट र बिस्कुट बनाएर बजारमा पठाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

३ वर्ष पुरानो कुकिजलाई धुलो बनाएर  कुकिज, बटर क्रेकर र काजु बिस्कुट बनाउने गरेको एसपी कोइरालाले बताए । पुराना पाउरोटीलाई श्रेष्ठले क्रन्ची र चिकेन टोष्ट बनाएर पनि प्रयोगमा ल्याउँथे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप