शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

धर्मसापेक्ष राष्ट्र माग गर्दै सर्वोच्चमा रिट

मङ्गलबार, १० फागुन २०७८, ०८ : २५
मङ्गलबार, १० फागुन २०७८

नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै अधिवक्ता तुलसीराम पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । अधिवक्ता पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिए ।

उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको र धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको बताए । अधिवक्ता पोखरेलले वैदिक सनातन संस्कृति र निरपेक्षताको बीचमा बाझिएको छ भनेर आफूले सर्वोच्चमा रिट निवेदन दायर गरेको बताए । 

संविधानको धारा, ४ को उपधारा, १ अन्तर्गतको स्पष्टीकरणको खण्डमा धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म, संस्कृति संरक्षण गर्ने उल्लेख गरिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप