मतदाता नामावलीमा त्रुटि भए सच्याउन के गर्ने ?
मङ्गलबार, १० फागुन २०७८, ०८ : १८

निर्वाचन आयोगले मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटी भए इमेल/ फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा अब त्यस्तो गर्न नपर्ने जनाएको हो ।
आयोगले फागुन ५ को निर्णय अनुसार सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल/फ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको जनाएको छ ।
सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुमा अध्यक्षदेखि महासचिवसम्ममा नाम प्रस्ताव भएपछि बन्दसत्रमा नाराबाजी
-
कसैमाथि अभियोग लाग्नासाथ राक्षसजस्तो ठान्नु हुँदैन : बास्कोटा
-
‘मिरमिरे’मा प्रकाश सपुतको इन्ट्री
-
कृषाको निर्देशनमा 'जहाजैमा' निर्माण हुने
-
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
-
बैंकिङ कसुरमा २० लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ