मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

धनुषामा टाटा सुमो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सोमबार, ०९ फागुन २०७८, २१ : ०३
सोमबार, ०९ फागुन २०७८

धनुषाको धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ । सोमबार जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित धारापानीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ज ३०१८ नम्बरको टाटा सुमो र विपरित दिशातर्फबाट आइरहेको प्रदेश २–०२–००१ प ८३४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शहीद नगरपालिका १ बस्ने १७ वर्षीय महेशकुमार सहनी र सोही मोटरसाइकलमा पछाडी सवार रहेका  धनुषाधाम नगरपालिका ८ स्थित मुलाबारीका २४ वर्षीय मनिष विश्वकर्मा रहेका छन् । उनीहरुको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

दुर्घटनामा परेका मोटरसाइकल, टाटा सुमो र सुमो चालक इलाम सूर्योदय नगरपालिका १० बस्ने २५ वर्षीय दावा छिरिंग तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?