आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा विप्लवका कार्यकर्ताले जनप्रतिनिधि र कर्मचारीलाई कालोमोसो दले

सोमबार, ०९ फागुन २०७८, २० : २३
सोमबार, ०९ फागुन २०७८

प्युठानको मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत थापाले स्थानीय विद्यालयमा पठनपाठन सम्बन्धी सरोकारवाला निकायहरूबीच छलफल चलिरहेका बेला युवाहरुको समूहले आफूमाथि कालोमोसो दलेर अभद्र व्यवहार गरेको बताएका छन् । वडा नम्बर ५ सरङकोटमा रहेको भूमि विकास आधारभूत विद्यालयमा छलफल गरिरहेको समयमा केही युवा आएर कालोमोसो दलेर भागेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले घटनास्थलमा प्रहरी पुगेको र कालोमोसो दल्ने युवाहरुको खोजी भइरहेको बताए ।

यता नेकपा प्युठानले १० बुँदे विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको छ । नेकपाका जिल्ला सेक्रेटरी अजयद्वारा हस्ताक्षरित विज्ञप्तिमा मल्लरानी–५, सरङकोट स्थित भूमे विकास आधारभूत विद्यालयको कक्षा ६ मा अध्यनरत सुस्मिता मल्लको मृत्युमा शंकास्पद व्यक्तिलाई संरक्षण गरेको, उक्त विद्यालयका शिक्षक शिक्षिकालाई अभिभावकले सामाजिक बहिष्कार गर्दा पनि गाउँपालिकाले संरक्षण गरेको, बजेट फ्रिज भएको लगायतका आरोप लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप