शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सात वटा लघुवित्तले ल्याउँदैछन् २३ करोड रूपैयाँ बराबरको आईपीओ

सोमबार, ०९ फागुन २०७८, १९ : ४४
सोमबार, ०९ फागुन २०७८

सात वटा लघुवित्त वित्तीय संस्थाले २३ करोड रूपैयाँको २३ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएका छन् । आईपीओ बिक्रीको अनुमति पखाईमा रहेका कम्पनीहरूले बोर्डको अनुमति पाउन साथ उक्त मूल्य बराबरको आईपीओ बिक्री गर्ने भएका हुन् ।

सात लघुवित्त कम्पनीहरूले २३ लाख ४ हजार ५५६ कित्ता आईपीओ बिक्रीको अनुमति मागेका छन् । आदर्श लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तले आईपीओ बिक्रीको अनुमति मागेका छन् । 

यस्तै, धौलागिरी लघुवित्त संस्था, अभियान लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले समेत आईपीओ बिक्रीको अनुमति मागेका छन् । यी सबै कम्पनीले बोर्डबाट अनुमति पाउनासाथ आईपीओको बिक्री खुलाउँछन् ।

बोर्डको अनुमति पाएपछि कम्पनीहरूले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर बिक्री खुलाउनेछन् । जसमध्ये अभियान लघुवित्तको सबैभन्दा ९ लाख ७५ हजार कित्ता आईपीओ आउनेछ । यस्तै, सिवाइसी लघुवित्तको ३ लाख ९५ हजार ३३६ कित्ता, धौलागिरी लघुवित्तको ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्रीको अनुमति मागेका छन् ।

यसैगरी, उपकार लघुवित्तले २ लाख ६६ हजार २५० कित्ता, आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता, बिपिडब्लु लघुवित्तले ९७ हजार कित्ता र आदर्श लघुवित्तले ६० हजार कित्ता आईपीओ बिक्रीको अनुमति मागेको बोर्डले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप