मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

कृषि उत्पादन बढाउन चेम्बरले सुरू गर्यो अभियान, बाँझो जमिनमा खेती गर्नेलाई सहयोग गर्ने

सोमबार, ०९ फागुन २०७८, १९ : १९
सोमबार, ०९ फागुन २०७८

नेपाल चेम्बर अफ कमर्सले कृषिजन्य वस्तुको उत्पादन बढाउन पहल गर्ने भएको छ । बजेट भाषणमा बाँझो जमिनको उपयोग नीति अघि सारेपनि व्यवहारिक रूपमा कार्यान्वयन नभएको समयमा चेम्बरले खाली जमिनको उपयोगमार्फत कृषि उत्पादन वृद्धि गर्ने अभियान सुरु गर्ने भएको हो ।

यसका लागि चेम्बरका ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । उनले भने, ‘कृषि प्रधान मुलुकमा जमिन बाँझो राखेर अहिले पनि वार्षिक २ खर्ब भन्दा बढीको आयत गरिरहेका छौं । युवाहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न चेम्बरले आवश्यक सवै समन्वय गर्नेछ, ।’

यस्तै, नेपालको कृषि क्षेत्रमा इजरायली अवधारणा अवलम्वन गर्न नीतिगत व्यवस्थाका लागि सरकारसंग पहल गर्ने पनि चेम्बरले निर्णय गरेको छ । यही योजना अन्तर्गत नेपालका लागि इजरायलका राजदूत खनार गोदारसँग चेम्बरले इजरायलको कृषि उत्पादनको मोडलबारे जानकारी समेत लिएको छ ।

इजरायलमा कृषिमा लाग्ने नागरिकलाई सरकारले १ सय वर्षका लागि जमिन उपलब्ध गराउनुका साथै लगानी र अन्य प्राविधिक सहयोग समेत गरिदिने व्यवस्था छ । जसकारण, उक्त देश कृषिजन्य उत्पादनमा अग्रणी बनेको राजदूत गोदारले बताए । 

इजरायलमा १ दशमलव ७ प्रतिशत नागरिक मात्रै कृषिमा संलग्न भएपनि उच्चतम प्रविधि मार्फत मुलुकमा खाद्यान्नमा आत्मनिर्भर तथा निर्यात गर्ने देशको हैसियतमा छ । राजदूत गोदारले भने, ‘इजरायलमा कृषि पेशा सोखले गरिएको छैन । कृषकले यसलाई व्यवसाय बनाएका छन् । जीवनको महत्वपुर्ण हिस्सा बनाएका छन् ।’

इजरायली खेती शैली अपनाएर चेम्बरले सातै प्रदेशमा कृषि अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने भएको छ । इजरायल चेम्बर अफ कमर्ससँगको सहकार्यमार्फत सातै प्रदेशमा अनुसन्धान तथा समन्वय केन्द्र खोल्न पहल गर्ने अध्यक्ष मल्लको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप