बस्ने भयो जसपा कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । शीर्ष नेताहरुसँगको छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।
पार्टीमा देखिएको आन्तरिक विवादका बारेमा छलफल गर्नका लागि सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले बैठकको माग गर्दै आएको थियो । लामो प्रयासपछि जसपाको बैठक बस्न लागेको हो । पार्टी समायोजन, विधान संशोधन, कार्य विभाजन, एमसीसीलगायतको विषयमा पार्टीमा छलफल हुने बताइएको छ ।
पार्टीको विधानमा दुईजना अध्यक्षको व्यवस्था भए अनुसार एकजना अर्को अध्यक्ष पनि चयन गर्नुपर्ने डा.भट्टराई पक्षको माग रहेको छ । यो विषयलाई बैठकमा जोडतोडले उठाउने तयारी भट्टराई पक्षको रहेको छ । त्यस्तै, एमसीसीको विषयमा पनि पार्टीभित्र दुई मत रहेको छ । डा.भट्टराई एमसीसीको पक्षमा छन् भने उपेन्द्र यादव एमसीसीको विपक्षमा रहेका छन् । त्यस विषयलाई पनि बैठकमा छलफलको विषय बनाइने बताइएको छ ।
संसदमा एमसीसी टेबल भएपछि त्यसको पक्षमा जाने कि विपक्षमा भन्नेमा पार्टीमा निर्णय हुनुपर्ने दवाव बढ्दै गइरहेको थियो । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक बसाउने तयारीमा थिए तर डा.भट्टराई पक्षले पहिला कार्यकारिणी समितिको बैठकमा छलफल गर्ने र त्यसपछि मात्र संसदीय दलको बैठक बस्ने अडान लिएपछि कार्यकारिणी समितिको बैठक तय भएको हो ।
कार्यकारिणी समितिको बैठकपछि मात्र संसदीय दलको बैठक बस्ने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे