समूह विजेता बन्दै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश

नेपाल आईसीसी टी-२० विश्वकप छनोटको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले २ विकेट खर्चेर ३५ बल बाँकी रहँदै भेट्टायो ।
समूह चरणको अन्तिम खेलमा यसअघि क्यानडाले नेपालसामू ८१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रनको योगफल तयार पारेको हो ।
क्यानडाका दुई ब्याटरले मात्र दोहोरो अंकमा रन जोड्न सके । क्यानडाका डिलोन हेलिगरले सर्वाधिक २३ रन बनाए । यस्तै कप्तान नभनित धनिवालले १८, ओपरन रायान पठानले १४ रनको योगदान गरे ।
क्यानडालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन खर्चिए ।
यस्तै, कमलसिंह ऐरी र अभिनाश बोहराले समान दुई विकेट लिए । नेपाल को विजेता बन्दै सेमिफाइलनमा प्रवेश गरेको हो । छनोटका समूह ‘ए’ बाट आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) सेमिफाइलनमा प्रवेश गरिसकेका छन् । अब नेपालले सेमिफाइनलमा भोलि युएईसँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी