शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

घटुवामा पर्‍यो ब्रिगेड ब्वाइज

सोमबार, ०९ फागुन २०७८, १८ : ३१
सोमबार, ०९ फागुन २०७८

यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबसँग ३–२ ले पराजित भएसँगै ब्रिगेड ब्वाइज सहिद स्मारक ए डिभिजन लिगबाट घटुवा हुने दोस्रो टोली भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा हार भोग्दा ब्रिगेड ब्वाइज रेलिगेशनमा पर्ने पक्का भएको हो । यस अघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ । यस अघि २०६३ र ६८ सालमा ब्रिगेड रेलिगेसनमा परेको थियो ।

सातदोबाटोलाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गर्दा ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तीन मिनेट पछि बेर्टराण्डले गोल गर्दै ब्रिगेडलाई १–१ गोलको स्थितिमा ल्याए । १८ औं मिनेटमा दिपकले गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए । मार्टिन्स अजयीको हेडर पासमा दुई डिफेन्डर र गोलकिपर गुरप्रित सिंहलाई बिट गर्दै उनले सहज गोल गरेका थिए । खेलको ५१ औं मिनेटमा रोशनले गोल गर्दै ब्रिगेडलाई २–२ गोलको बराबरीमा ल्याएपछि रोमाञ्चक भएको खेलमा ८७ औं मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३–२ को जित दिलाए । सुदिप गुरुङको पासमा निरजले उत्कृष्ट गोल गर्दा सातदोबाटोले रोमाञ्चक जित निकाल्यो ।

सातदोबाटोसँगको हारसँगै ब्रिगेडले १२ खेलमा ७ अंक जोडेको छ  । ब्रिगेड पुछारबाट दोस्रो स्थानमा रहेको छ । सातदोबाटोले १२ खेलमा १८ अंक जोडेको छ । सातदोबाटो पाँचौ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप