शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

साना रेष्टुराँ तथा खाजा घरका परिकार समेट्दै ‘पठाओ लोकल’

सोमबार, ०९ फागुन २०७८, १८ : ०८
सोमबार, ०९ फागुन २०७८

साना रेष्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लेटफर्ममा जोडेर उनीहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपालले ‘पठाओ लोकल’ सेवा सुरु गरेको छ ।  शून्य दर्ता महसुल राखेको पठाओ लोकलमा साना व्यवसायीहरुले आफ्नो व्यवसाय आधिकारीक दर्ता गरेको हुनुपर्ने पठाओको प्रवक्ता सुरक्षा हमालले बताइन् ।

हाल खाजा डेलिभरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा २५० भन्दा बढी व्यवसायीहरुलाई जोड्ने लक्ष्य राखेको पठाओले जनाएको छ । यस कार्यक्रममा जोडिने व्यवसायीको कमिसनमा समेत छुट दिएको हमालले बताइन् ।
पहिले आफ्नो खाजा घर तथा रेस्टुरेन्टबाट मात्र व्यापार गर्दै आएका व्यवसायीहरु अहिले पठाओ लोकलबाट दैनिक अनलाइन बिक्रि गर्न पाउँदा निकै खुशी भएको हमालले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप