शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच सहमति

सोमबार, ०९ फागुन २०७८, १७ : ५९
सोमबार, ०९ फागुन २०७८

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच चूडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको  छ । मन्त्रालय र महासंघबीच आज सो सहमति भएको हो । विभिन्न समयमा मन्त्रालय र महासंघबीच भएका सहमति तथा समझदारी र महासंघले २०७८ वैशाख २० गते बुझाएको ३४ बुँदे मागका सम्बन्धनमा अध्ययन गर्न २०७८ कातिक २८ गते पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

सो कार्यदलले मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरुको कार्यसूचीसहित ५१ बुँदे प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस गरेको थियो । मन्त्रालय र महासंघबीच सहमति पछि जारी सहमति पत्रमा भनिएको छ : ‘कार्यदलले मन्त्रालयमा पेश गरेको उक्त प्रतिवेदन कानूनसम्मत ढंगले लागू गर्ने प्रतिवद्धताका साथ कार्यान्वयनमा लैजान सहमत भएका छौं ।’ 

सहमतिपत्रमा मन्त्रालयका तर्फबाट शिक्षामन्त्री देवेन्द्र पौडेल, सचिव यादवप्रसाद कोइराला र सहसचिव दीपक शर्माले हस्ताक्षर गरेका छन भने महासंघका तर्फबाट अध्यक्ष कमलादेवी तुलाधर, सहअध्यक्ष पूर्णप्रसाद दवाडी, उपाध्यक्ष टीकादेवी राई र उपाध्यक्ष तिलक कुँवरको हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप