शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देश ठग्नेहरूलाई एकसाता भित्रमा कारबाही गर्छु : मन्त्री आले

सोमबार, ०९ फागुन २०७८, १८ : ०४
सोमबार, ०९ फागुन २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरूको विरुद्धमा एक साता भित्रमा कारबाहीको दायरामा ल्याउन लागेको बताएका छन् ।  सोमवार अन्तर्राष्ट्रिय मातृभाषा दिवस – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सव – २०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरूका विरुद्धमा कडा कदम चाल्न लागेको बताएका हुन् ।

उनले आजसम्म देशलाई ठग्नेहरूका विरुद्धमा आफुले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साताभित्र पुरा फिल्म देखिने गरी काम गर्ने बताए । उनले भने – ‘जतिपनि मैले कामको थालनी गरेको छु । मातृभूमिलाई साक्षी राखेर म भन्न चाहान्छु, विभिन्न तत्वहरुले अहिलेसम्म देशलाई ठग्दै आएका थिए, तिनलाई ठेगान लगाउने काम मैले गर्दै आएको छु । यो अहिले मैले गरिरहेको काम यो ट्रेलर मात्रै हो ट्रेलर अब तपाईहरु एक साताभित्र पुरा फिल्म पर्दामा देख्नेगरी म काम गर्नेछु ।’

मन्त्री आलेले विगतका सरकारले गरेका फोहोरका डङ्गुर हटाउन आफू लागिपरिरहेको बताए । उनले हालै सार्वजनिक भएको अडियो टेपको सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गरे । बोल्दा तलमाथि भएको भएपनि आफ्नो मनमा कुनै पाप नभएको उनले प्रष्ट पारे ।

आफूलाई पटक–पटक फोन गरी उत्तेजित बनाएका कारण आवेशमा एक पटक त्यस्तो बोल्न पुगेको भएपनि इडिट गरेर अडियो सार्वजनिक गरिएको उनले बताए । मन्त्री आलेले आफूमा जनजातिको छोरा भएका कारणले भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको बताए ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप