आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल एप्समार्फत अन द स्पट चेकजाँच गर्ने व्यवस्था शुरू

सोमबार, ०९ फागुन २०७८, १८ : ०२
सोमबार, ०९ फागुन २०७८

ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत तत्कालै अन द स्पट  चेकजाँच गर्ने व्यवस्था शुरू गरेको छ । यातायात व्यवस्था विभागले सोमबार एक कार्यक्रमका बीच नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो । 

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाइसेन्स भेरिफिकेशन मोबाइल एप्स हस्तान्तरण गरेका हुन् । महानिर्देशक घिमिरेले विशेष क्यूआर कोडलाई ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सकिने बताए । यस्तै एसएसपी जोशीले यसअघि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेक जाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा अब त्यसको अन्त्य भएको बताए ।  

कसरी काम गर्छ एप्सले  ?
विशेष प्रकारका मोबाइल एप्समार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परीक्षण कालीन लाइसेन्स प्रमाणित करण गरिन्छ । उक्त लाइसेन्समा रहेको क्यूआरलाई यस एप्समार्फत स्क्यान गरी लाइसेन्स भेरिफाई गरिन्छ । उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाइलमा इन्स्टाग्राम चेकजाँचको क्रममा अन द असिस्टेन्टलाई भेरिफाई गर्न सक्नेछन् । क्यूआर स्क्यान गरी लाइसेन्सको पूर्ण विवरण प्राप्त गर्न सकिने प्रावधान एप्समा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप