शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावका लागि निर्वाचन आयोगमा नयाँ तीन दलसहित १० दल दर्ता

सोमबार, ०९ फागुन २०७८, १७ : ३६
सोमबार, ०९ फागुन २०७८

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि थप तीन दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने प्रावधानसहित तोकेको समयमा थप तीन दलले स्थानीय निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि निवेदन दिएका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानून बमोजिमका प्रावधान पालना गर्ने शर्तमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम नेपाल कम्यूनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी  आयोगमा दर्ता भएका हुन् । योसँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या १०९ पुगेको छ ।

आयोगको मिति २०७८/११/५ को स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा सूचना प्रकाशन गरेपछि हालसम्म १० (दश) वटा राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन दर्ता हुन निवेदन दिएका छन् । यसरी निवेदन दिनेहरूमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशिल पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् । नेपाली काँग्रेस, एमाले र माओवादीलगायतका पार्टीले भने अझै दल दर्ता गरिसकेका छैनन् ।  

त्यस्तै आयोगले कट अफ डेट र मतदाता नामावली अद्यावधिकका लागि राजपत्रमा सूचना प्रकाशन गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सम्पादनका लागि पठाइएको जनाएको छ । मतदाता नामावली इमेलबाट सच्याउन सकिने आयोगले मतदाता नामावली इमेल वा फ्याक्समार्फत पनि सच्याउन सकिने व्यवस्था मिलाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले मतदाता नामावलीमा भएको आफ्नो विवरणमा कुनै त्रुटी भएको भए सोलाई सच्याउन यसअघिको व्यवस्था भन्दा फरक निर्णय गरेको जनाएका छन् ।

‘यसअघि सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रुपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिने व्यवस्था रहेकोमा आयोगको फागुन ५ को निर्णय बमोजिम सवै निर्वाचन कार्यालयलाई परिपत्र गरी इमेल÷फ्याक्सबाट समेत उक्त निवेदन लिन सकिने गरी निर्देशन दिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।

साथै आयोगले मतदाता परिचयपत्र पाई हराएको, नाशिएको वा अन्य कुनै तवरले आफुसँग नरहेको अवस्थामा मतदाताले आप्mनो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था भएकोले सोही बमोजिम मतदाताले मतदाता परिचय पत्र पाउन निर्वाचन कार्यालयमा फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था पनि मिलाएको छ । आयोगले प्रतिस्पर्धात्मक तवरले निर्वाचन सामग्रीको खरिद गर्न २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि मिति फागुन ८ मा बोलपत्रसम्बन्धी सूचना समेत प्रकाशन गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप