रेष्टुरेन्टमा बन्धक बनाइएका तीन किशोरीको उद्धार
कैलालीको धनगढीस्थित रेष्टुरेन्टमा बन्धक बनाएर राखिएका तीन किशोरीको उद्धार गरिएको छ । धनगढीको मुख्य बजारमा रहेको टिनटिन रेष्टुरेन्ट एण्ड बारबाट तीन महिनादेखि बन्धक बनाएका ती किशोरीहरूको सोमबार उद्धार भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले उनीहरूलाई तीन महिनादेखि बन्धक बनाएर राखेको सूचना पाएपछि छानबिन सुरु गरेको बताए । उनका अनुसार काम गराउने भनेर तीन महिनाअघि रेष्टुरेन्टमा राखिएका किशोरीलाई काम मात्रै गराउने तर तलब नदिने र बाहिर निस्कन पनि नदिएको गरेको गुनासोपछि छानबिन गरिएको हो ।
किशोरीहरूलाई बन्धक बनाएको आरोपमा रेष्टुरेन्टका सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको छ । रेष्टुरेन्टमा युवतीहरूलाई बन्धक बनाएको भन्ने उजुरी मानव अधिकारसम्बन्धी संस्थाले दिएको प्रवक्ता जोशीले बताए । किशोरीहरूले यौनशोषण भने नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना डीएसपीको काज सरुवा, दमकमा तिमल्सिना
-
भारतमा केन्द्र सरकारका कर्मचारीलाई च्याट जीपीटी र डीपसिक प्रयोग नगर्न चेतावनी
-
जलस्रोत तथा ऊर्जा मन्त्रालयको कार्यसम्पादन दुई वर्ष यताकै कमजोर, मन्त्रीमाथि उठ्यो प्रश्न
-
फिल्म ‘माया प्रीति’ मा भित्रिइन् दिव्या
-
रवि लामिछानेविरुद्ध अभियोजन गर्ने चितवनका सरकारी वकिलको सरुवा, छानबिन गर्न समिति गठन
-
इटलीपछि अष्ट्रेलियाले पनि लगायो डीपसिकमाथि प्रतिबन्ध