सातामा बैंकिङ निक्षेप एक अर्बले बढ्दा कर्जा माग ४ अर्बले बढ्यो
फागुन महिनाको पहिलो हप्ता २७ वाणिज्य बैंकहरुको निक्षेपमा सामान्य सुधार आएको छ । अघिल्लो हप्ता अर्थात गत माघ २१ गतेदेखि २९ गतेसम्म कुल ४३ खर्ब ११ अर्ब निक्षेप संकलन गरेकामा पछिल्लो हप्ता अर्थात् माघ २९ गतेदेखि फागुन ६ गतेसम्म २७ वाणिज्य बैंकहरुले एक अर्बले निक्षेप वृद्धि गर्दै ४३ खर्ब १२ अर्ब निक्षेप संकलन गर्न सफल भएका हुन् ।
तर, सोही अवधिमा यता बैंकहरुको कर्जा लगानी निक्षेपको तुलनामा चार गुणाले बढेको छ । नेपाल बैंकर्स संघले दिएको रिपोर्ट अनुसार फागुन ६ गतेसम्म बैंकहरुले जम्मा एक अर्बले निक्षेप बढाउँदै गर्दा यता कर्जा लगानी चार अर्बले बढेको छ । गत माघ २९ गतेदेखि फागुन पहिलो हप्ता अर्थात् फागुन ६ गतेसम्म ४ अर्बले निक्षेप बढाउँदै बैंकहरुले कुल ४१ खर्ब ५९ अर्ब कर्जा लगानी गरेका छन् । अघिल्लो हप्ता अर्थात् माघ २१ गतेदेखि २९ गतेसम्म यस्तो लगानी २७ वाणिज्य बैंकहरुले ४१ खर्ब ५५ अर्ब गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सरकारको कामकाज ठप्प हुने संघारमा
-
सुदूरपश्चिममा कांग्रेस–एमालेबिच भागबन्डाको लफडाले संसदीय समिति सभापतिविहीन
-
बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण सुरु
-
‘पिताम्बर’ २९ चैत्रमा रिलिज हुने
-
भादा गाउँमा थारु होमस्टे महोत्सव हुने
-
व्यक्तिगत इगो र गुटगत कलहले कांग्रेसभित्र क्रियाशील सदस्यताको बबन्डर