प्रचण्डले भने– सत्ता गठबन्धन टुट्दैन
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता गठबन्धन नटुट्ने बताएका छन् । सोमबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा पुगेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले वरिष्ठ नेता पौडेलसँगको भेटमा सत्ता गठबन्धन नटुट्ने र एमसीसी प्रक्रियाबाट टुंगिने बताएको जानकारी दिए । बैठकमा वरिष्ठ नेता पौडेलले एमसीसीको समस्या समाधान गर्न र गठबन्धन बचाउन आग्रह गरेको पनि अध्यक्ष दाहालले बताए ।
प्रचण्डले भने, ‘उहाँले अरु कुरा होइन, यो गठबन्धन पनि बचाउनु पर्छ, एमसीसी पनि समस्या समाधान हुनुप¥यो भन्ने लाइनबाट भन्नुभएको थियो । मैले गठबन्धन बच्छ, एमसीसी त अब प्रक्रियाबाट टुंगिन्छ भनेँ त्यही हो ।’
काँग्रेस वरिष्ठ नेता पौडेलले आज नै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण