एमसीसीबारे भ्रमको पर्दा खुल्दै छ : काँग्रेस प्रवक्ता

नेपाली काँग्रेस प्रवक्ता प्रकाशशरण महतले एमसीसीबारे फैलाइएको झुटको पर्दा खुल्दै गएको बताएका छन् । सोमबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याडमा सञ्चारकर्मीसँग अन्तक्रिर्यामा उनले भने, ‘नेपाली काँग्रेस सत्यको पक्षमा उभिन्छ । सत्तामा हुँदा एउटा र सत्ता बाहिर हुँदा अर्को कुरा गर्दैनौँ । पार्टीको नाफा(घाटा भन्दा पनि काँग्रेस सत्यको पक्षमा उभिएको छ ।’ एमसीसीका कारण गठबन्धन फुट्छ भनेर अहिले नै भन्न नसकिने प्रवक्ता महतले बताए ।
गठबन्धनमा सहमत भएर आइतबार एमसीसी संसदमा टेबल भएको उनको भनाइ छ । एमसीसी पास गर्न सबै दलको साथ प्रधानमन्त्री शेरबहादुर देउवाले खोजेको महतले बताए । उनले एमसीसी पास हुनेमा पनि विश्वास व्यक्त गरे । ‘एमसीसी ठीक छ । पास हुन्छ । एमसीसी पास गर्ने कुरामा को कहाँ उभिन्छ भन्ने कुराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा महत्त्व राख्छ ।’ एमसीसीका कारणले गठबन्धन नफुट्ने उनको भनाइ छ ।
उनले भने, ‘गठबन्धनका सम्बन्धमा प्रमले कुनै पनि मुद्धाको गुण र दोषमा गठबन्धनमा असर गर्दैन भन्नुभएको छ । आशा छ टेबल गर्न सहयोग गर्नुभयो त्यसरी नै पास गर्न तयार हुनुहुन्छ । १२ गते पछाडि हेरौं । गठबन्धनमा समस्या आउँछ भन्ने हामीलाई विश्वास छैन ।’ सबै दलका नेताहरू एमसीसीमा जोडिएकाले पास गर्ने कुरामा पनि साथ रहने बताए ।
‘अहिले बिरोध गर्नेहरू मन्त्री भएर अनुमोदन गर्ने अर्थात् २०१२ देखि २०१७ सम्म सबै दल र नेताहरूको प्रयासमा टुंगो लागेको हो’ महतले भने । स्थानीय तह निर्वाचन केन्द्रीत अभियानमा घर घर पुगेर एमसीसीबारे भ्रम चिर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ