बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेस धनुषामा त्रिपक्षीय प्रतिस्पर्धा

सोमबार, ०९ फागुन २०७८, १६ : ०६
सोमबार, ०९ फागुन २०७८

नेपाली कांग्रेस धनुषाको सभापतिमा काँग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।  यही फागुन १५ गते हुने काँग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । पार्टीको जिल्ला सभापतिका लागि आज शेखर कोइराला समूहबाट दिनेशप्रसाद प्रसैलाले उम्मेदवारी घोषणा गरेका हुन्। 

प्रसैलाले कोइराला पक्षका नेता बद्री पाण्डेको उपस्थितिमा आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । पूर्वसांसद प्रसैलाले संस्थापन पक्ष विभाजित अवस्थामा रहेकाले आफू सभापतिमा जित्ने दाबी गरे ।
यसअघि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट दीपक यादव र विमलेन्द्र निधि समूहबाट क्षिरेश्वरनाथ नगरपालिकाका योगेन्द्र पञ्जियारले उम्मेदवारी घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप