शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

चारा घोटाला कान्ड : लालु यादवलाई ५ वर्ष जेल सजाय

सोमबार, ०९ फागुन २०७८, १५ : ५३
सोमबार, ०९ फागुन २०७८

विहार–विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवाना समेत तोकेको छ ।

लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाय सुनाइएको थियो । 

यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप