नेप्सेमा दोहोरो अंकको सुधार

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) आज दोहोरो अंकले बढेको छ । बजार २५.४१ अंकले बढ्दा ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच भएको छ । २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ कारोबार भएको छ । सोमबार बजार बढेपनि कारोबार रकम भने बढ्न सकेन ।
परिसूचक २७१८.५१ अङ्क पुग्दा आज नेप्सेका सबै समूहको उपसूचकमा हरियाली छाएको छ । जलविद्युत उपसूचकमा सबैभन्दा धेरै ७२.३९ अंकको सकारात्मक बदलाब देखिएको छ । होटल र पर्यटन क्षेत्र उपसूचक ३४.८४ अंकले बढ्दा बैंकिङ क्षेत्र उपसूचक १६.२८, विकास बैंक २२.८२, वित्त कम्पनी २७.२४, जीवन बीमा १९.१९, माइक्रोफाइनान्स १२.२७ र निर्जीवन बीमा समूह उपसूचक ३९.०२ अंकले बढेको छ ।
गत बिहीबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेसँगै नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको थियो । साथै, अमेरिकी सहायताको एमसीसी कम्प्याक्ट सम्झौता संसदमा पेश नहुँदा पनि बजार घट्दो क्रममा थियो । तर, आइतबार एमसीसी टेबल भएसँगै प्रसारणलाइन बन्ने र जलविद्युत आयोजनाबाट उत्पादित बिजुली प्रवाहमा समस्या नहुने अपेक्षा राखेका लगानीकर्ता सोमबार यही समूहको शेयरमा झुम्मिए । जलविद्युत उपसमूह सबैभन्दा बढी २.२४ प्रतिशतले बढेको छ ।
सोमबार सेयर बजारमा युनाइटेड इदी मर्दी आरबीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट नै लाग्यो । मूल्य १.८६ प्रतिशतले घट्दा कालिका लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ लगायतका जिल्लामा हल्का वर्षा (भिडियो)
-
सरकारले किन खारेज गर्यो नागरिक एप निर्देशिका ?
-
नयाँ दिल्लीको एक ‘बदनाम’ गल्ली, जहाँ दैनिक सरदर २० हजार थान कण्डम खपत हुन्छ
-
रत्नकुमार बान्तवासँगको मेरो त्यो अन्तिम भेट
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन