नेप्सेमा दोहोरो अंकको सुधार
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) आज दोहोरो अंकले बढेको छ । बजार २५.४१ अंकले बढ्दा ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर किनबेच भएको छ । २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ कारोबार भएको छ । सोमबार बजार बढेपनि कारोबार रकम भने बढ्न सकेन ।
परिसूचक २७१८.५१ अङ्क पुग्दा आज नेप्सेका सबै समूहको उपसूचकमा हरियाली छाएको छ । जलविद्युत उपसूचकमा सबैभन्दा धेरै ७२.३९ अंकको सकारात्मक बदलाब देखिएको छ । होटल र पर्यटन क्षेत्र उपसूचक ३४.८४ अंकले बढ्दा बैंकिङ क्षेत्र उपसूचक १६.२८, विकास बैंक २२.८२, वित्त कम्पनी २७.२४, जीवन बीमा १९.१९, माइक्रोफाइनान्स १२.२७ र निर्जीवन बीमा समूह उपसूचक ३९.०२ अंकले बढेको छ ।
गत बिहीबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेसँगै नेप्सेमा दोहोरो अंकको गिरावट देखिएको थियो । साथै, अमेरिकी सहायताको एमसीसी कम्प्याक्ट सम्झौता संसदमा पेश नहुँदा पनि बजार घट्दो क्रममा थियो । तर, आइतबार एमसीसी टेबल भएसँगै प्रसारणलाइन बन्ने र जलविद्युत आयोजनाबाट उत्पादित बिजुली प्रवाहमा समस्या नहुने अपेक्षा राखेका लगानीकर्ता सोमबार यही समूहको शेयरमा झुम्मिए । जलविद्युत उपसमूह सबैभन्दा बढी २.२४ प्रतिशतले बढेको छ ।
सोमबार सेयर बजारमा युनाइटेड इदी मर्दी आरबीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट नै लाग्यो । मूल्य १.८६ प्रतिशतले घट्दा कालिका लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण