सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज यादवविरुद्ध मुद्दा दायर

सोमबार, ०९ फागुन २०७८, १५ : ३८
सोमबार, ०९ फागुन २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लामो समयदेखि अनुचित लेनदेन गरेको उजुरीका आधारमा यादवविरुद्ध सोमबार विषेश अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार यादवले शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको छाप आफूखुसी बनाइ दुरुपयोग गरेको, पीसीआर परीक्षण नकक्ली बनाएको, बिरामीबाट अनाधिकृत रुपमा रकम लिएको खुलेको छ । यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप