आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मदिरा व्यवसायी अग्रवालमाथि अनुसन्धानका लागि अदालतबाट ४ दिनको म्याद थप

सोमबार, ०९ फागुन २०७८, १५ : २८
सोमबार, ०९ फागुन २०७८

चेक बाउन्स मुद्दामा पक्राउ परेका  मदिरा व्यवसायी तथा ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले पक्राउ अनुसन्धान जारी राखेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले चेक बाउन्स मुद्दामा उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ४ दिनको म्याद लिएको जानकारी दिए । सञ्जय अधिकारीको जाहेरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । ५० लाखको चेक बाउन्स भएको उजुरी प्रहरीमा परेको थियो । उनलाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौंस्थित दरबारमार्ग र कान्तिपथमा आयातित महँगा मदिरा बेच्ने पसल चलाएका अग्रवाल पुस २२ गतेयता सपरिवार फरार रहेका थिए ।  अग्रवालले ग्लोबल आइएमई, मेगा, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकबाट ८० करोड रुपैयाँभन्दा ऋण लिएका थिए । ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । केहीअघि उनले निकटका मिडिया प्रतिनिधिहरूसँग संवाद गरेका थिए । आफ्नो सम्पत्ति बेचेर ऋण तिर्न सक्ने अवस्था रहेको भन्दै पत्रकार सम्मेलन पनि आयोजना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप