बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा केन्द्रीय सदस्यबाट राजाराम बर्तौलाले दिए राजीनामा

सोमबार, ०९ फागुन २०७८, १४ : ५५
सोमबार, ०९ फागुन २०७८

राजाराम बर्तौलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्तौलाले पनि राप्रपा छाडेका हुन् । 

पार्टीको महाधिवेशन पश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप