बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

दाङ र बाँकेबाट लागु औषधसहित ३ जना पक्राउ

सोमबार, ०९ फागुन २०७८, १३ : ४०
सोमबार, ०९ फागुन २०७८

प्रहरीले दाङ र बाँकेबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने ३३ वर्षीय भुपलाल विक, नेपालगञ्ज उपमहानगरपालिका १६ जयसपुरका ३८ वर्षीय साहदत आली र १८ वर्षीय अर्का एक किशोर रहेका छन् । उनीहरुलाई जिल्लाका छुट्टाछुटै स्थानबाट पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

विकलाई आफ्नै घरमा लागूऔषध बिक्री गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यता बाँकेका अलि र अर्का किशोरलाई  ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ परेकाहरूमाथि थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप