८७ वर्षमा पनि लेखनमा सक्रिय कायस्थ
भक्तपुरका लेखक तिलकप्रकाश कायस्थको नयाँ पुस्तक सार्वजनिक छ । उनी हाल उमेरले ८७ वर्षको भइसकेका छन् । यो उमेरमा पनि कायस्थ दैनिक १० घण्टा भन्दा बढी अध्ययन र लेखनमा सक्रिय छन् । उनले हालसम्म १३ वटा पुस्तक प्रकाशन गरिसकेका छन् । पहिलो प्रकाशित कृति योमरि (उक्ति संग्रह ) हो जुन २०३५ सालमा सार्वजनिक भएको थियो ।
केही समयपछि शहीदहरुको गाथालाई समेटेर उनी १४ औं पुस्तक प्रकाशन गर्ने तयारीमा छन् । कायस्थको पछिल्लोपटक सार्वजनिक भएको १३ औं कृति झुक्न नजानेका राष्ट्रवादी नेता वीपी कोइराला हो । वीपी कोइरालाका जिन्दगीका विभिन्न समयहरुलाई समेटेर उक्त पुस्तक प्रकाशन गरिएको लेखक कायस्थले जानकारी दिए ।
उनको यो पुस्तकमा भारत र नेपालको बीचमा रहेको सम्बन्ध र वीपीको विषयमा पुस्तकका धेरै कुरा समेटिएको छ । यो पुस्तकको प्रकाशकमा रञ्जन, हिसिला र प्रशान्त कायस्थ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म