राष्ट्र उत्थान लघुवित्तको आईपीओ : ८ लाख कित्ताको माग, २६ लाखको आवेदन !

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओमा साढे ३८ गुणा बढीको आवेदन परेको छ । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म संस्थाको कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता आइपीओ जारी गरेको थियो ।
तर, उक्त आईपोओको अन्तिम दिनसम्म अर्थात् फागुन ८ गतेसम्म कम्पनीको आईपीओका लागि ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन परेको छ । अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । यो कुल मागको ३८.४२ गुणा बढी आवेदन हो ।
यो हिसावले कम्पनीको आईपीओका लागि आवेदन दिनेहरुले सेयर हात पार्ने सम्भावना अत्यन्त न्यून छ । कुल ८ लाख ५९ हजार कित्ताका लागि मात्र आवेदन माग गरिएकोमा बढीमा ८५ हजार ९०० जनाले मात्र न्यूनतम १० कित्ताका दरले कम्पनीको आईपीओ पाउने छन् । बाँकी २५ लाख ४८ हजार ७२६ जनाको हात खाली हुने देखिन्छ ।
यो भनेको अधिकतम ९६.७४ प्रतिशत आवेदकहरुको हात खाली हुने हो । जम्मा ३.२७ प्रतिशतले मात्र कम्पनीको सेयर पाउनेछन् । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता आइपीओ जारी गरेको थियो ।
जसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । आईपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको आपूर्ति असहज, के फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी