बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अहमदावाद बम हमलाका ३८ जना दोषीलाई फाँसीको सजाय

सोमबार, ०९ फागुन २०७८, १२ : ५०
सोमबार, ०९ फागुन २०७८

एक भारतीय अदालतले २००८ मा अहमदावाद सहरमा श्रृंखलाबद्ध बम विस्फोट गराउने ३८ जना मुुश्लिम पुुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ । यसका साथै अन्य ११ लाई आमरण जेल सजाय सुनाएको छ । उक्त बम हमलामा ५० जनाको ज्यान गएको थियो ।

१६ वटा श्रृंखलाबद्ध विस्फोटले पश्चिमी राज्य गुजरात नराम्ररी हल्लिएको थियो । यो सहरमा सन् २००२ मा हिन्दु र मुश्लिम बीच दंगा भड्किएको थियो । उक्त दंगामा हजारौँ मारिएको र यसको बहुसंख्यक मुश्लिम रहेका थिए ।
सन् २००८ को जुलाई २६ मा भएको विस्फोटको जिम्मेवारी भारतीय मुजाहिद्दिनले लिएको छ ।

सीएनएनका अनुसार न्यायाधीस ए. आर. पटेलले फासीको सजायको लागि दवाव आएपछि यो सजाय सुनाएका हुन् । यो दुर्घटनालाई दुर्लभ मध्येकै दुलर्भ मानिएको छ । जसमा निर्दोषहरुको समेत ज्यान गएको थियो ।

प्रतिवादी वकिलले आफूले उच्च न्यायालयमा अपिल गर्ने बताएका छन् ।

‘हामीले नरम खालको सजायका लागि आग्रह गरेका थियौँ । किनकी उनीहरुले १३ वर्ष भन्दा बढिको अवधि जेलमा बिताइसकेका छन्,’ खालिद शेखले बताए ।

तर अदालतले उनीहरु मध्येका धेरैलाई फाँसीको सजाय सुनाएको छ । हामी निश्चित रुपमा अपिल  गर्नेछौँ ।

अमेरिकी राज्य विभागले सन् २०११ मा भारतीय मुजाहिद्दिनले पाकिस्तानसँग महत्वपूर्ण सम्बन्ध भएको जनाएको छ र भारतभरी सन् २००५ देखि दर्जनौँ बम आक्रमणका लागि जिम्मेवार भएको जनाएको छ ।

यसले सयौँ सर्वसाधारणको मृत्युसमेत भइसकेको छ । यसले सन् २००८ मा मुम्बई आक्रमणको लागि सहयोगी भूमिका पनि निर्वाह गरेको थियो जसमा १६० मानिसको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप