शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पल र समीक्षा प्रकरण : गिरोहको खेल !

सोमबार, ०९ फागुन २०७८, १२ : ०८
सोमबार, ०९ फागुन २०७८

पछिल्लो समय अभिनेता पल शाह चर्चाको केन्द्रमा छन् । उनको चर्चाको बिषयमा फिल्म, म्युजिक भिडियो अभिनयदेखि प्रेम र रोमान्स बन्ने गरेको छ । अभिनयको कुरा गर्ने हो भने उनका दैनिकजस्तो एक म्युजिक भिडियो सार्वजनिक हुने गरेका छन् । फिल्म भने उनको ‘म यस्तो गीत गाउँछु’ केही दिनपछि अर्थात १३ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्म तथा म्युजिक भिडियोका कारणले उनी दैनिक जसो मिडिया अन्तर्वार्तामा पुग्छन् ।

उनी जहाँ पुग्छन्, त्यहाँ उनको र गायिका समिक्षा अधिकारीको सम्बन्धको प्रश्न तेर्सिने गरेको छ । त्यसैले क्रेज बढाउने उदेश्यले मिडिया पुग्ने उनलाई खस्किएको क्रेज जोगाउनै धौ धौ छ । पल र समीक्षाको चर्चा गर्दा केही अगाडि अथार्त गत कात्र्तिकमा फर्किनुपर्ने हुन्छ । सो समय पल र समीक्षाबीच अन्तरङ्ग सम्बन्ध रहेको गसिफको आगो मिडियामा बोलेको थियो । उक्त आगो केही मत्थर पार्ने काम समीक्षाले गरेकी थिइन् । उनले सो समय भनेकी थिइन्, ‘पल आफ्नो अभिभावक हो ।’

तर केही समयपछि समीक्षाले फेरि अर्काे स्टाटसमार्फत पलसँगको गसिफको आगो पुन प्रज्वलित गरिन् । यो समय उनले भनिन्, ‘पलसँगका आफ्नो वास्तविक यथार्थ बाहिर ल्याउँछु । पल अभिभावक भएको स्टाटस कसैको अनुरोधमा लेखेकी थिएँ ।’

उनको यस्तो भनाइपछि पल विरुद्ध समीक्षा अब अगाडि आउने चर्चा चल्यो । यसैबीच उनी पोखर पुगिन् । पल पनि आफ्ना नजिकका साथीभाइ र पत्रकार लिएर पोखरा पुगेको र सम्झाएको गसिफ मिडियामा छाए । शनिबार भने पल र समीक्षा फरक टेलिभिजनको अन्तर्वार्तामा प्रस्तुत भए । उनीहरुको अन्तर्वार्ताको उदेश्य दुबै टेलिभिजनको पल र समीक्षा बीचको गसिफको रहस्य बाहिर ल्याउनु थियो  । तर त्यो रहस्य भने बाहिर आएन ।

अन्तर्वार्ता समीक्षाले निकै सजकका साथ पलसँगको प्रसंग पन्छाइरहिन् भने पलले समीक्षा आफ्नै टिमको सदस्य र सामान्य सम्बध रहेको बताए । उनले भने, ‘समीक्षासँगको आफ्नो सम्बन्ध जोडेर बदनाम गर्न एक गिरोह लागेको छ ।’ हुन त हालै केही मिडियामा पलको धेरै केटीसँग सम्बन्ध रहेको समाचार पनि आइसकेको छ । ती सम्बन्धका समाचार प्रमाण सहित बाहिर आएका छन् । समीक्षासँगको सम्बन्ध गिरोहका खेल भएको बताउने पलले धेरै केटीसँगको सम्बन्धको बिषयमा भने बोल्न बाँकी छ ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप