चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय

उच्च अदालत पाटन हेटौंडा इजलाशले यातना दिएर चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय सुनाएको छ । पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्ने फैसला गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जभित्र सेनााको यातनाबाट गम्भीर घाइते भएका राजकुमार चेपाङको ०७८ साउन ८ मा उपचारको क्रममा अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो । उक्त मुद्दामा उच्च अदालत पाटन हेटौंडा इजलासले जिल्ला अदालतले गरेको निर्णयलाई उल्ट्याउँदै बुढालाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतले गत असार २८ मा बुढालाई ९ महिना कैद, ९ हजार रुपैयाँ जरिवाना र मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
पीडित पक्षको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले पुनरावेदन गरेको थियो । ९ महिना सजाय हुनेगरी कसुर ठहर भएकाले जागिर गुमाउन पुगेका बुढाले पनि उच्च अदालतमा पुनरावेदन गरेका थिए । दुवैतर्फको पुनरावेदनमा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै पीडितको मागअनुसार बुढालाई जन्मकैदको सजाय हुने गरी फैसला गरेको उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश
-
ओलीलाई भेटेपछि एकीकृत समाजवादीका नेताहरूले भने– छलफल अत्यन्त सौहार्दपूर्ण भयो
-
रेशम चौधरीको पक्राउलाई ठुलो षड्यन्त्रको रुपमा लिएका छौँ : सीके राउत
-
शिक्षक र सरकारबिचको वार्ता सहमति नजिक
-
नागरिकको आवश्यकता बजेटबाट सम्बोधन गर्नुपर्छ : मन्त्री काफ्ले