८ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
![८ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक](https://rpcdn.ratopati.com/media/albums/rastra-bank-nrb_XERKNYNSQO.jpg)
नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब २३ करोड रुपैयाँ माथिको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिन गरी दुई किसिममा कुल ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
एक सूचना जारी गर्दै राष्ट्र बैंकले बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको छ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ट्रेजरी बिल भने भोलि मंगलबार बिक्री हुने बैंकले जनाएको छ ।
बैंककाअनुसार ९१ दिनका लागि कुल २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि ६ अर्ब रुपैयाँ छुट्याइएको छ । ९१ दिनको ट्रेजरी बिल फागुन १० गतेबाट शुरु भएर आगामी जेठ १० गते परिपक्‍व हुनेछ भने १८२ दिनको बिल फागुन १० गते शुरु भएर आगामी वर्ष भदौ ७ गते परिपक्‍व हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा नयाँ फौजदारी कानुनलाई लिएर कांग्रेसले उठायो गम्भीर प्रश्न
-
देउवा र ओलीबिच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन : सांसद गिरी
-
प्रयोगमा नआई खण्डहर बन्दै तीन करोडको दलित आवास भवन
-
फिक्कल–नयाँबजार सडक कालोपत्र
-
घरजग्गा रजिस्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व
-
अस्पतालमा हुलदङ्गा गर्ने तरुण दल र नेविसंघका कार्यकर्तालाई कारबाही गर्न कठायतको माग