शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

काभ्रेमा तीन वर्षमा ३ सय ७५ जनाले आत्महत्या गरे, १५ सय ५९ अपराधिक घटना

सोमबार, ०९ फागुन २०७८, ११ : २२
सोमबार, ०९ फागुन २०७८

काभ्रेपलाञ्चोक जिल्लामा तीन वर्षमा १ हजार ५ सय ५९ अपराधिक घटना भएका छन् । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म सो संख्यामा विभिन्न ३८ प्रकारका घटनाहरु जिल्लामा घटेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) चक्रराज जोशीकाअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ६०, २०७६/०७७ मा ५५९ र २०७७/०७८ मा ४ सय ४२ घटना प्रहरीमा दर्ता भएका छन् । काभ्रेमा तीन वर्षको अवधिमा मात्रै ३ सय ७५ जनाले आत्महत्या गरेको प्रहरी रेकर्डमा देखिन्छ । सो अवधिमा २ सय ५४ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । 

विष सेवन गरेर १ सय २० जनाले मृत्युवरण गरेका हुन् । हाम फालेर १ जनाले आत्महत्या गरेका छन् । आत्महत्या दुरुत्सहानका ५ वटा घटना जिल्ला प्रहरी दर्ता भएका हुन् ।  जिल्ला प्रहरीमा दर्ता भएको मध्य अभद्र व्यवहार संख्यापनि धेरै रहेको छ । जुन तीन वर्षमा ३ सय ४६ वटा मुद्धा दर्ता भएका हुन् । 

तीन आर्थिक वर्षमा १ सय ६ वटा जबरजस्ती करणीका घटना जिल्लामा भएको छ । करणी उद्योग १३ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।  एसपी जोशीकाअनुसार तीन वर्षमा २४ जनाको हत्या भएको छ । ज्यान मार्ने उद्योग अन्तर्गत पनि २४ वटा मुद्दा दर्ता भएको हो । 

तीन वर्षमा कुन घटना कति ?
आर्थिक वर्ष २०७५/०७८ मा भएका घटनाको संख्या यस्तो छ । बहुविवाह मुद्दा– ४०, बालविवाह– ८, बोक्सी आरोप– ३, जुवा– १०, कारण नखुलेको फुटकर ज्यान सम्बन्धी–८५ वटा मुद्दा प्रहरीमा दर्ता भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार लागू औषधका ३८, बैकिङ्ग कसुरका १८, सवारी भवितव्य ज्यान १९, तीन वर्षमा चोरीका ६२ वटा घटना जिल्लामा घटेका छन् । 

सवारी अंगभंगका मुद्दा २८, सवारी ज्यानका १ सय १ मुद्धा, बाल यौन दुराचारका १४, लिखतसम्बन्धी कसुर १०, हातहतियार खर खजानाका १० वटा रहेका छन् ।  झुटो विवरण पेश गरेर नागरिकता लिने २, आगजनीका १, अपहरण उद्योग १, पशुसम्बन्धी कसुर ३ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप