पोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग
सोमबार, ०९ फागुन २०७८, ११ : ०९
पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले नेपाली दूतावास स्थापनाको माग गरेका छन् । नेपाल सरकारमाथि दवाव बढाउने उद्देश्यका साथ ‘नेपाली राजदूतावास अभियान समूह’ लिस्वनको अलमेदा पार्कमा सांकेतिक प्रदर्शन गरेका हुन् ।
‘जसरी जीवनका लागि पानीले महत्व राख्दछ त्यसरी नै नेपालीहरु भएको देशमा दूतावास चाहिन्छ’ भन्दै उनीहरुले पार्कमा पानी वितरण गरेका थिए । अभियानका अगुवा गंगा बहादुर नेम्कुलले अनुसार दूतावास नहुँदा नेपालीहरुलाई कुनै समस्या पर्दा गुहार गर्ने ठाउँसम्म नभएका कारण आफूहरुले निरन्तर आवाज उठाइरहेको बताए ।
कार्यक्रममा महिला संघ पोर्चुगलका अध्यक्ष माया खरेल, अभियानकर्ता नवीन तिमल्सिना लगायतले आफ्नो धारणा राखेका थिए । पोर्चुगलमा झण्डै ४० हजार हाराहारीमा नेपाली रोजगारीको शिलशिलामा बसोबास गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले जग्गा विवाद : सर्वोच्च अदालतले खोलिदिएला पार्टी कार्यालय बनाउने बाटो ?
-
‘फेरि रेशम फिलिली’ १४ फागुनमा रिलिज हुने
-
दुर्गा प्रसाईंले टिम बनाएर व्यवसायीलाई धम्क्याएको प्रहरी अनुसन्धानको निष्कर्ष
-
नेकपा (बहुमत) निकट विद्यार्थी संगठनमा नयाँ नेतृत्व चयन
-
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति निरंकुश बन्न सक्ने खतरा हुन्छ’
-
हामीकहाँ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली किन आवश्यक छ ?