मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टरले शीर्ष स्थान उक्लने अवसर गुमायो

सोमबार, ०९ फागुन २०७८, ०९ : २४
सोमबार, ०९ फागुन २०७८

सासौलोसँग २-० अन्तरले पराजित  हुँदा  इन्टर मिलानले इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । मिलानको घरेलु मैदान सान सिरोमा सम्पन्न खेलको आठौं मिनेटमा जियाकोमा रासपोडारीले गरेको गोलमा सासौलोले अग्रता लिएको थियो । २६औं मिनेटमा जियानलुका स्काम्काले बललाई जाली चुमाउँदै सासौलोको अग्रता दोब्बर पारेका थिए । 

इन्टरले सबै खाले प्रतियोगिता गरि पछिल्लो  पाँच खेलमा एक अंक मात्र जोडेको छ । शीर्ष स्थानको एसी मिलान शनिबार सेलमिटानासँग बराबरीमा रोकिएपछि इन्टरसँग शीर्ष स्थानमा उक्लने अवसर थियो । 

एसी मिलानको २६ खेलमा ५६ अंक छ भने इन्टरको २५ खेलमा ५४ अंक छ । तेस्रो स्थानको नेपोलीको ५३, चौथो स्थानको युभेन्टसको ४७ र पाँचौ स्थानको एट्लान्टाको ४४ अंक रहेको छ । ​सासौलो २६ खेलमा ३३ अंकसहित ११औं स्थानमा छ । सासौलोको हारसँगै सिरी ‘ए’ मा इन्टरको ६ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप