मतदाता परिचय पत्र हराएकाले २० फागुनसम्म निवेदन दिन सक्ने
मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख, जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर निवेदन दिन सकिनेछ ।
कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ । मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि ल्याउनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाका सक्रिय राजनीतिक दल, सरोकारवालालाई उक्त जानकारी गराइसकेको छ । अब चार नगरपालिका र चार गाउँपालिकामार्फत नागरिकलाई जानकारी गराइने सूचना अधिकारी जिबाखर शर्माले बताए । उनले भने,‘ मतदान गर्ने अधिकारबाट बञ्चित हुन नपरोस् भनेर २० फागुनसम्म उक्त व्यवस्था गरिएको हो ।’
कार्यालयका अनुसार लमजुङमा ११ महिनामा नौ हजार ६ सय ६० नयाँ मतदाता दर्ता भएका छन् । ०७७ चैतदेखि ०७८ को २४ माघसम्म उक्त संख्यामा मतदाता थपिएका हुन् । महिला मतदाता दर्ता चार हजार ३२ र पुरुष मतदाता दर्ता पाँच हजार ६ सय २८ रहेका छन् । बाहिरी जिल्लाका एक सय एक मतदाता दर्ता भएका छन् । महिला २५ जना र पुरुष मतदाता ७६ जनाको दर्ता भएको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भइरहेको मतदाता नामावली दर्ता कार्य स्थानीय तह निर्वाचन घोषणासँगै निर्वाचन आयोगको निर्देशनअनुसार स्थगन गरिएको छ । १६ वर्ष उमेर पूरा भएपछि मतदाता दर्ता गर्न सकिने छ । १८ वर्ष उमेर पूरा भएकाले मतदान गर्न सकिने व्यवस्था छ । ३० वैशाख ०७९ मा सम्पन्न हुने स्थानीय निर्वाचनमा २४ माघ ०७८ भित्र मतदाता नामावलीमा नाम दर्ता गर्नेले मत हाल्न पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन