बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

कृषि कर्जा : तोकिएको लगानी पुर्‍याउनै हम्मेहम्मे

सोमबार, ०९ फागुन २०७८, ०६ : ०४
सोमबार, ०९ फागुन २०७८

कृषिमा लगानी बढाउन नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जामध्ये निश्चित प्रतिशत कृषिक्षेत्रमा लगानी गर्न अनिवार्य गरे पनि यो प्रावधान पूरा गर्न बैंकहरूलाई हम्मे परेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जाको १५ प्रतिशत कृषिमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पालना गर्न राष्ट्र बैंकले तालिका बनाएरै लक्ष्य निर्धारण गरिदिएको छ । तर, बैंकहरूले तोकिएको लक्ष्यअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् ।

राष्ट्र बैंकले बैंकहरूलाई कृषिकर्जा १५ प्रतिशत पुर्‍याउन २०८० असार मसान्तसम्मको समय दिएको छ । २०७८ असार मसान्तसम्ममा ११ प्रतिशत, २०७९ असारसम्ममा १३ प्रतिशत पुर्‍याउनुपर्ने गरी लक्ष्य निर्धारण गरेको छ । २०७८ पुस मसान्तसम्म पाँचओटा बैंकको मात्र कृषि कर्जा १३ प्रतिशत नाघेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप