प्रचण्ड र माधव नेपाल एक ठाउँमा, एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने

एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा उभिएका छन् । उनीहरुले संसदमा एमसीसी टेबल भएपनि यथास्थितिमा पास हुन नसक्ने बताएका छन् ।
अध्यक्ष नेपालले आइतबार राति सामाजिक सञ्जालमार्फत यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् । असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति सांसदहरूको नभइ सबै तहका जनताको विरोध वा समर्थन हुन हुन सक्ने बताएका छन् ।
यसो गर्न पाउनु संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको बिषय भएको नेपालको भनाइ छ । ‘अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमति सहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहाँहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, नेपालले भनेका छन् ।
यसअघि प्रचण्डले आफ्नो पार्टी अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा रहेको बताएका थिए । आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पहिलेदेखि नै एमसीसीको विरुद्धमा रहेको स्पष्ट गरेका हुन् ।
उनले लेखेका छन्, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’ सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई