बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड र माधव नेपाल एक ठाउँमा, एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने

आइतबार, ०८ फागुन २०७८, २२ : ०८
आइतबार, ०८ फागुन २०७८

एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा उभिएका छन् । उनीहरुले संसदमा एमसीसी टेबल भएपनि यथास्थितिमा पास हुन नसक्ने बताएका छन् । 
अध्यक्ष नेपालले आइतबार राति सामाजिक सञ्जालमार्फत यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन गर्न नसकिने पार्टीको २०७८ फाल्गुण ७ गते बसेको स्थायी कमिटीको बैठकको निर्णयप्रति प्रतिबद्ध रहेको बताएका छन् ।  असहमति र विरोधका बीच संसदमा टेबल गरिएको विषयप्रति सांसदहरूको नभइ सबै तहका जनताको विरोध वा समर्थन हुन हुन सक्ने बताएका छन् । 

 यसो गर्न पाउनु संघर्षबाट स्थापित लोकतान्त्रिक एवम् जनताको अधिकारको बिषय भएको नेपालको भनाइ छ ।  ‘अतः संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमति सहित बिरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना एवम् उहाँहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’, नेपालले भनेका छन् । 

यसअघि प्रचण्डले आफ्नो पार्टी अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा रहेको बताएका थिए ।  आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पहिलेदेखि नै एमसीसीको विरुद्धमा रहेको स्पष्ट गरेका हुन् ।

उनले लेखेका छन्, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’ सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप