वाशिङ्गटन डिसीमा मनाइयो प्रजातन्त्र दिवस
आइतबार, ०८ फागुन २०७८, २१ : ५९
नेपालको ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर अमेरिकामा रहेका नेपाली कूटनीतिक नियोगहरूमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । डिसीमा आयोजित कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलले दूतावासमा झन्डोत्तोलन गरे । कार्यक्रममा खरेलले अमेरिकामा बस्दै आएका नेपालीलाई शुभकामना सन्देश दिएका थिए ।
यसैगरी महावाणिज्य दूतावास न्यूयोर्कमा आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय गान, दीप प्रज्वलन र झण्डा फहराइएको थियो । कार्यक्रममा कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले प्रजातन्त्र दिवसको महत्व र देनमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सहिदहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा