सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी संसदमा पेश हुनु लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक : बाबुराम भट्टराई

आइतबार, ०८ फागुन २०७८, २१ : ५०
आइतबार, ०८ फागुन २०७८

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक भएको बताएका छन् ।  संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गर्नुपर्ने पनि उनले ट्वीटरमार्फत बताएका छन् । 

‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ’, उनले भने, ‘संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं ।’

उनले दलीय, गुटीय आग्रह र शक्ति केन्द्रहरूका दबाबमा नभई सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय लिइनुपर्नेमा पनि जोड दिएका छन् ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप