शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा २४ घण्टामा ३३ कोभिड सङ्क्रमितको मृत्यु

आइतबार, ०८ फागुन २०७८, २१ : २३
आइतबार, ०८ फागुन २०७८

पाकिस्तानले गत २४ घण्टामा एक हजार ६४४ जनामा कोभिडको नयाँ सङ्क्रमण पुष्टि भएको र कोभिड सङ्क्रमित ३३ व्यक्तिको मृत्यु भएको सरकारी कार्यालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । यससँगै पाकिस्तानमा कोभिडजन्य समस्या देखिएका ३० हजार नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी)’ द्वारा सार्वजनिक गरिएको तथ्याङ्कले आइतबार महामारी सुरु भएदेखि आइतबारसम्ममा पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या १५ लाखभन्दा बढी पुगेको देखाएको जियो न्युजले उल्लेख गरेको छ ।

गत २४ घण्टामा यहाँ ४९ हजार ८६६ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो । जसमध्ये एक हजार ६४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पाकिस्तानमा सङ्क्रमण दर ३.२९ प्रतिशत रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । 

यद्यपि सङ्क्रमण दर शुक्रबारभन्दा घटेको छ । शुक्रबार सङ्क्रमण दर ४.९२ प्रतिशत रहेको बताइएको थियो । ​एनसीओसीको तथ्याङ्कअनुसार गत २४ घण्टामा कोभिड सङ्क्रमित तीन हजार ६५३ जनालाई सङ्क्रमण निको भएको छ । पाकिस्तानमा कोभिडबाट सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या ६७ हजार ६५८ पुगेको छ । 

तथापि, एक हजार ३८६ बिरामीहरूलाई अझै पनि गम्भीर उपचार केन्द्रमा उपचार गरिंदैछ । विशेष गरी, पाकिस्तान हाल कोरोनाभाइरसको घातक पाँचौं लहरको बीचमा छ र यहाँ हरेक दिन हजारौं नयाँ सङ्क्रमित भइरहेका रिपोर्टहरूमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप