सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालले गाईमा भोट माग्ने

आइतबार, ०८ फागुन २०७८, २० : २७
आइतबार, ०८ फागुन २०७८

कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय निर्वाचनमा गाई चुनाव चिन्हमा भोट माग्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचनमा गाईलाई पार्टीको चुनाव चिन्ह बनाउने निर्णय भएको हो । 

यसअघि राप्रपामा छँदा चुनाव चिन्ह के बनाउने विषयमा ठुलो गलफती भएको थियो । त्यति बेला राप्रपाले गाई छाडेर हलोलाई चुनाव चिन्ह बनाउने निर्णय गरेको थियो । बैठकले स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको छ ।  जसअनुसार स्थानीय निर्वाचनको तयारीका लागि  सुशील श्रेष्ठको संयोजकत्वमा  स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप