आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विरोध र विवादका बीच सरकारले एमसीसी पेश गर्‍यो : प्रचण्ड

आइतबार, ०८ फागुन २०७८, १८ : ५५
आइतबार, ०८ फागुन २०७८

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पहिलेदेखि नै एमसीसीको विरुद्धमा रहेको स्पष्ट गरेका हुन् । उनले लेखेका छन्, ‘विवाद र विरोधका बीच सरकारले एमसीसी टेबुल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’ 

सरकारले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश गरेको थियो । आजै बसेको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड एमसीसी संसदमा पेश गर्न सहमति भएका थिए । तर उनले सामाजिक सञ्जालमार्फत सरकारले संसदमा एमसीसी पेश गरेकोमा विरोध गरेका छन् । माओवादी केन्द्र निकट भ्रातृ संगठनहरुले दिउँसो एमसीसीको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दर्जनौँ घाइते भएका छन् । अध्यक्ष प्रचण्डले एमसीसी पेश गर्न हुन्न भन्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी माथि भएको प्रहरी दमनको विरोध समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप